“Never born never died
only visited this planet earth
between 11 Dec 1931 to 19 Jan 1990″
मैले पढेका थोरै पुस्तकमा पाइने गरेकाे पङती यहि माथिको हाे। बुद्ध पुरुष जन्मँदैन नत उसको मृत्यु नै हुन्छ
। उसको त केवल धरतीमा पदार्पण हुन्छ । शाश्वत सत्यको कुरा मनुष्य मात्रलाई
वताउँदै बुद्ध पुरुष विदा लिन्छन् । बुद्ध पुरुष धरतीमा रहुन्जेल केही
मानिसहरु मात्र आकर्षित हुन्छन् । धेरैलाई पत्यार लाग्दैन बुद्ध पुरुषले
भन्न खोजेका कुराहरु । जव विदा लिन्छन् अनि थकथकाउँदै केही मानिसहरु भगवान
रुपमा पुज्छन् । भारतको मध्यप्रदेशको कुचवाडा जिल्लामा सन् १९३१ को
डिसेम्वर ११ मा जन्मनु भएका रजनिश चन्द्रमोहन जैन नै केही पछि आचार्य
रजनिश, भगवान रजनिश हुँदै ओशो नामले चिनिनु भयो । वाल्यकाल देखि नै
विद्रोही स्वभावका ओशो जवलपुरको प्रोफेसर हुँदा सम्म जनमानसले उहाँलाई
वहुप्रतिभाशाली व्यक्तित्वको रुपमा लियो । उहाँसँग भएको ज्ञान जवलपुर
विश्वविद्यालय सम्म मात्र सिमित रहेन, त्यहाँ उहाँले प्रोफेसर पेशा छाडी
भारत भ्रमणका लागि निस्कनु भयो । आफ्ना आग्नेय विचारहरु मार्फत धरतीमा
धार्मिक, अधार्मिक, बैज्ञानिक, मनोवैज्ञानिक, राजनितिक, सामाजिक ईत्यादि
विभिन्न क्षेत्रका मानिसहरुको साझा रोग, साझा व्यथा सँग सवैलाई सजग गर्न
सफल हुनु भयो । उहाँ द्वारा पाखण्डि धार्मिकहरुको पोल खोलियो । तथाकथित
स्वतन्त्रताको भण्डाफोर गर्नु भयो । उहाँकै कारण दुनियाँ भरका
राजनितिज्ञहरुले जनतालाई स्वतन्त्रताको नाममा कतिसम्म भ्रम फैलाई राखेका
छन् भन्ने कुराको बोध भयो । धरतीका सारा धर्मका विविधता भित्र एकता र एकता
भित्र विविधताको मार्मिक व्याख्या गर्नै सफल ओशोका प्रवचनहरुबाट ६५० भन्दा
बढी पुस्तकहरु सङ्ग्रहित छन् । सन् साठीको दशकबाट उहाँलाई चिन्न थाले
सँसारभरका मुमुक्षुहरुले । ज्ञान, ध्यान, साधना, विज्ञान, धर्म, धार्मिकता
सवै विषय समेटिएको उहाँको अभियानमा सँसार भरका लाखौ मानिसहरु आकर्षित भए ।
